अक्सिजन प्लान्टमा विस्फाेट, एकको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९
5.7K
SHARES

८ वैशाख काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फाेट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फाेट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।