अर्थमन्त्रीको राजीनाबारे १३ गतेपछि टुंगो गर्छौँ – प्रचण्ड
८ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्रै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने-नदिने कुराको निर्णय हुने बताएका छन्। धनगढी विमानस्थलमा बिहीबार प्रत्रकारसँग कुराकानी गर्दै उनले यसो भनेका हुन्।
अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र गठबन्धन सरकारबीच सुरुदेखि नै समस्या देखिएको पनि बताएका छन ‘सुरुदेखि नै गभर्नर र सरकारबीच समस्या देखिएकै हो।
अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै गभर्नरलाई निलम्बनको निर्णय लिएको भन्ने कुरा पनि प्रष्ट भएको छ’, उनले भने, ‘आगामी १३ गते अदालतले दुवैलाई बोलाएको छ। त्यसपछि मात्रै वास्तवमा के भएको हो भन्न सकिन्छ। अहिलै निर्णय हुँदैन।’