अदालतको आदेशबाट एमाले जन्मिएको हो – कांग्रेस
११ वैशाख काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा कांग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको व्याख्या गरेको हो ।एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कांग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई परमादेश सरकार भन्दै टिप्पणी गर्ने गरेका छन् ।
‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन व्यंग्य र कटाक्ष गर्दै आउनुभएको छ ।