उमेदवार तोक्न सभापति देउवालाई एकल अधिकार
११ वैशाख काठमाडौँ । नेपाली कांग्रेसको महानगरमा टिकट वितरणमा विवाद भएपछि सभापति शेरबहादुर देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन् । घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको हो ।
कार्यसम्पादन समिति सदस्य एनपी साउँदकाअनुसार अब महानगरको उमेदवार देउवाले आवश्यक परामर्श गरेर एक्लै टुंग्याउनेछन् । नेपाली कांग्रेसको महानगरपालिकामा टिकट वितरण गर्ने सन्दर्भमा सभापति देउवा र महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाबीच विवाद बढेका थियो ।
विवादबढेपछि शेखरको उपस्थिति नै निषेध गर्नेगरी कार्यसम्पादन समितिले देउवालाई अधिकार सुम्पिएको हो । नेपाली कांग्रेसको कार्यसम्पादन समितिले संसदीय समितिको सम्पूर्ण अधिकार देउवालाई सुम्पिएको हो ।