ट्रकमा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १३ २०७९
4.4K
SHARES

१३ बैशाख काठमाडौं ।  धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, सिन्धुलीटोलमा गए राति तीनजना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा तीनजनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका तीनजना पुरुषको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।