ओली नाङ्गिँदै जान्छन् – नेता पौडेल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
5.5K
SHARES

१४ वैशाख काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले एमालेका अध्यक्ष केपी ओलीले काँग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी कुण्ठा मात्रै भएको बताएका छन्। पौडेलले सामाजिक सञ्जालमार्फत ओलीको टिप्पणीलाई जनता झुक्क्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ भनेका छन्।

‘काँग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्क्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादाको सामान्य हेक्का समेत नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्ठा हुन्,’ पौडेलले भनेका छन्। उनले ओलीले आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाऊ गरे पनि त्यसको अर्थ नभएको दाबी गरेका छन्।

‘ओलीले आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउ गर्छन्, उति नाङ्गिँदै जान्छन्,’ पौडेलले भनेका छन्, ‘सस्ता कुराले रक्षात्मक बनाउँछ।’ एमाले अध्यक्ष ओलीले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काँग्रेसको घोषणा ‘पागलहरूको प्रलाप मात्रै’ भएको अभिव्यक्ति दिएका थिए।