हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
11.8K
SHARES

१४ वैशाख काठमाडौं। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ।