काठमाडौं मेयरकी उमेदवार सिंहले ‘संकल्पपत्र’ सार्वजनिक गर्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
10.8K
SHARES

१५ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार रहेकी सिर्जना सिंहले आज आफ्नो ‘संकल्पपत्र’ सार्वजनिक गर्ने भएकी छन् । नेपाली कांग्रेसकी नेत्री सिंह सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार बनेकी छन् ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा कार्यक्रम गर्दै संकल्पपत्र सार्वजनिक गरिने जनाइएको छ । उनले आसन्न स्थानीय तह निर्वाचनमा आफू मेयरमा विजयी भएमा गर्ने कार्यक्रम, योजनाका बारेमा विवरण प्रस्तुत गर्न लागेकी हुन् ।