आज गभर्नरको मुद्दाको पेशी


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १५ २०७९
7.2K
SHARES

१५ वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । बुधवार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ आज हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।