कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा बृद्ध भत्ता वितरण
१९ वैशाख काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिकरुपमा नै सहयोग पुर्योउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्योउने कार्य सम्पन्न गरेको छ ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडलेकाठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्योउने कार्य सम्पन्न गरेको हो । यही मिति २०७९ वैशाख १५ गतेका दिन कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख, श्री रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्योउने कार्य गरेको थियो ।
गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा श्री रोहित सिंहले भन्नुभयो, आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस्भनीे सो आयोजना गरेका छौं। आगामी दिनमा यसरी सहयोग पुर्योउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने कुरा जानकारी गराउनुभयो।
आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ