जेठ २ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारीमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९
7K
SHARES

२० वैशाख काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी जेठ २ गते बौद्ध पूर्णिमाको अवसरमा नेपाल आउन लागेको स्रोतले जनाएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार मोदी लुम्बिनी भ्रमणको तयारीमा छन् ।

पछिल्लोपटक प्रधानमन्त्रीमा चयन भएपछि मोदीले पहिलोपल्ट नेपालको भ्रमण गर्न लागेका हुन् ।