मतपत्रको छपाइ सकियो, शुक्रबार ढुवानी भइसक्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
2.2K
SHARES

२२ वैशाख काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकिएको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेश प्रदेशका केही पालिकामा उमेदवारको संख्या बढी भएपछि पुनः मतपत्र छपाइ गर्नुपरेको मतपत्रसहित सम्पूर्ण मतपत्र छपाइ भइसकेको छ ।

निर्वाचनका लागि जनक शिक्षा सामग्रीबाट मतपत्र छपाइ गरिएको हो । प्रवक्ता शर्माका अनुसार मधेश प्रदेशको मतपत्र ढुवानी गर्न बाँकी छ । शुक्रबार (भोलि) नै सबै जिल्लाका मतपत्र ढुवानी भइसक्ने उनले बताए ।  वैशाख ३० गते हुने निर्वाचनका लागि सवारी साधन नपुगेको ठाउँमा हेलिकोप्टरमार्फत ढुवानी गरिएको आयोगले जनाएको छ ।