उत्तर कोरियाद्वारा अर्को ब्यालेस्टिक मिसाइल परीक्षण
२५ वैशाख काठमाडौं । उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएको हो । यदि यो पुष्टि भयो भने, यो उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको नयाँ अध्याय हुनेछ।
यो मिसाइल परीक्षण दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक इओलले केही दिनपछि सपथ ग्रहण गर्न लागेका बेला भएको हो ।
युनले उत्तर कोरियाविरुद्ध कडा रवैया अपनाउने चाल्ने संकेत दिइसकेका छन् । जापानका रक्षामन्त्रीले उत्तर कोरियाको यो मिसाइल परीक्षणलाई अन्तर्राष्ट्रिय समुदायका लागि समेत खतरा भएको बताएका छन् ।