एनसीसी बैंकद्वारा साक्षरता कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
6.8K
SHARES

२५ वैशाख काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा साँगाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र विद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट गरेका थिए ।

दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउँदै वित्तीय साक्षरमार्फत अग्रसर बन्नु पर्ने कुरामा जोड दिँदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराएका थिए ।  सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा भएको थियो ।