पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९
11.9K
SHARES

३१ वैशाख काठमाडौं । स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टीतेलको  मूल्य १५३ रुपैयाँ पुगेको छ ।  हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ ।