भरतपुरमा एमालेको अग्रहता , यस्तो छ मत अन्तर


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
6.3K
SHARES

२ जेठ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजयी सुवेदीको अग्रता कायमै छ ।  पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उमेदवार माओवादी केन्द्रकी नेता रेनु सुवेदीभन्दा १७ मतले अघि छन् ।

रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने गठबन्धनका चित्रसेन अधिकारी अघि छन् । उनले तीन हजार ७१६ मत प्राप्त गर्दा राप्रपा हेमलता गुरुङले २ हजार ६१६ मत प्राप्त गरिन् ।