अबदेखि जेठ १० मा परराष्ट्र सेवा दिवस मनाइने


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
6.5K
SHARES

५ जेठ काठमाडौं । सरकारले जेठ १० गते परराष्ट्र सेवा दिवस मनाउने भएको छ ।  नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा परराष्ट्र मन्त्रालयले प्रत्येक वर्षको जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाउने भएको छ ।

परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा हुने औपचारिक कार्यक्रममा २०१८ र सो भन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिने बताइएको छ ।

मन्त्रालयकाअनुसार परराष्ट्र सेवालाई कानुनीरुपमा संहिताबद्ध गरेको दिनको स्मरणमा जेठ १० गतेलाई हरेक वर्ष परराष्ट्र सेवा दिवसको रुपमा मनाइने छ ।