पल शाहको मुद्दाको सुनुवाई स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९
5.9K
SHARES

५ जेठ पोखरा। नायक पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित गरिएको छ। अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो। अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुने उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो। नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए। उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए।