काठमाडौंमा ७१ हजार ८८८ मतगणना : कसको कति मत ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
4.1K
SHARES

६ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाको ७१ हजार ८८८ मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनामा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) सबैभन्दा अग्रस्थानमा छन् ।

बालेनले २७ हजार २८ मत ल्याएका छन् । दोस्रो मत रहेका नेकपा एमालेका उमेदवार केशव स्थापितको १४ हजार ४४८ मत छ । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने १३ हजार ८७९ मत पाएकी छन् । काठमाडौं महानगरपालिकामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।