भरतपुरमा यस्तो छ माओवादी र एमालेको अवस्था


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
5.3K
SHARES

६ जेठ  चितवन । भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना भएको छ ।  जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार २२४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् ।

स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरेका छन् । रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३ हजार ३०७ मत अघि छिन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् ।  अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।