बालेन २८,२९२ मतसहित अगाडि


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
6.3K
SHARES

६ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २८ हजार २९२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

यसैगरी, नेकपा एमालेका उमेदवार केशव स्थापित १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।