भरतपुरमा ७६ हजार ५६६ मतगणना : कसको मत कति ?
७ जेठ चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७६ हजार ५६६ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् ।
रेनुले २९ हजार ६७५ मत पाएकी छन् । नेकपा एमालेका उमेदवार विजय सुवेदीले २३ हजार ८६१ मत ल्याएका छन् । रेनु विजयभन्दा ५ हजार ८१४ मत अन्तरले अगाडि छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ४२४ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको थियो ।