भरतपुरमा एक लाख ६ हजार ७३९ मतगणना : कसको मत कति ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ९ २०७९
5.8K
SHARES

९ जेठ चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ६ हजार ७३९ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालको ४२ हजार ९२८ मतसहित अग्रता फराकिलो बन्दै गएको छ । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३३ हजार २१४ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार २७१ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ४३९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङले २६ हजार ३०४ मत ल्याएकी छन् ।