५० हजार नाघ्यो बालेनको मत


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १० २०७९
3.9K
SHARES

१० जेठ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख ५० हजार ५१६ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन) ५० हजार ३० मत प्राप्त गरी जितनजिक पुगेका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याएकी छन् ।

नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३० हजार १५ मतका साथ तेस्रो स्थानमा छन् । काठमाडौं महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।