बलात्कार घटनामा उजुरीको हद म्याद हटाउँछु – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
5.8K
SHARES

११ जेठ काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हद म्याद हटाउने बताएका छन् ।  बुधबार नेपाली कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हद म्याद तत्काल हटाउने प्रतिवद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बाह्रखरीलाई जानकारी दिइन् ।

ध्यानाकर्षणपत्र बुझाउँदै संसदीय दल सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएकोमा ध्यानाकर्षण गराएकी थिइन् ।

उनले आउँदो प्रदेश र संसदीय निर्वाचनमा महिलाहरुको सम्मानजनक उपस्थिती पार्टीले गराउन अनुरोध गरेकी थिइन् । जवाफमा देउवाले महिलाको उपस्थिति कम भएको स्वीकार गर्दै यो विषयमा पछि सल्लाह गर्ने प्रतिवद्धता जनाएको पनि सहमहामन्त्री उपाध्ययाले जानकारी दिइन् ।