सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह बन्यो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
5.9K
SHARES

१२ जेठ काठमाडौं । नेकपा ((एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउन खोजेको आरोप लगाए । उमेदवारलाई धम्क्याउने, उनीहरूको घरमा बम विस्फोट गराउनेलगायत काम भएको बताए । उनले शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन हुन नसकेको बताए । सत्तापक्ष आफैँले निर्वाचन शान्तिपूर्ण हुन नदिएको उनको भनाइ छ ।