चालक दलका सदस्यसहित २२ जना थिए जहाजमा : १३ नेपाली, २ जर्मनी, ४ भारतीय, ३ चालक दलका सदस्य


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
5.8K
SHARES

१५ जेठ काठमाडौं । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज बिहानदेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ ।

तारा एयर स्रोतले दिएको जानकारीअनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए ।

एक घण्टादेखि जहाज सम्पर्कमा आएको छैन ।