सम्पर्कविहीन जहाज मुस्ताङको यस स्थानमा दुर्घटनाग्रस्त


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
4.6K
SHARES

१५ जेठ काठमाडौ । आज विहाना सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो ।  पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।
उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । उडेकाे २० मिनेटपछि जाेमसाेम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खाेजी गरिएकाे थियाे ।

उक्त जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ ।

त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ ।