राष्ट्रपति भण्डारी सुर्खेतमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
9.1K
SHARES

१७ जेठ कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उनी मंगलबार सुर्खेत आएकी जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार १:४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको जानकारी दिए ।

उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नेछिन् ।