नेपालमा मनसुनी प्रणाली भित्रियो
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २३ २०७९
3.5K
SHARES
२३ जेठ काठमाडौं । नेपालमा मनसुनी प्रणाली भित्रिएको छ । पूर्वी नेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साता अघि नै ५ जुन अर्थात आज प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन प्रणाली आज प्रदेश १ मा आगमन भएको महाशाखाले जनाएको छ । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट