पहिरोका कारण : नारायणगढ-मुग्लिन, मुग्लिन–नौबिसे सडक अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
3.8K
SHARES

२६ जेठ चितवन। नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ। बुधबार राति चितवनको इच्छाकामना– ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। बिहान पनि सोही पहिरोमाथि झन ठूलो पहिरो खसेको छ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले बताए। वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन भएको उनले बताए।

त्यस्तै, पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।