चिनियाँ राष्ट्रपति सी पुनः सत्तामा पुग्ने तयारीमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
3.1K
SHARES

२६ जेठ काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका रहेका छन् ।  सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ ।

विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने  मौका खोजिरहेका छन् ।  यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।