फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ? (सूचिसहित)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
4.6K
SHARES

२७ जेठ काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबहाक तथा मालबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको हो।

विभागका अनुसार यात्रुवाहक सवारीमा २.५ प्रतशित, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा २.५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ३.७ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो। निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो।