फार्मासिस्टको लाइसेन्स परीक्षामा फेल भएकाले उत्तरपुस्तिका हेर्न पाउने
३० जेठ काठमाडौं । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका विद्यार्थीलाई आफ्नो उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरेको छ ।
परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले लाइसेन्स परीक्षामा नाम ननिस्किएका विद्यार्थीलाई परिषद् कार्यालयमै गएर उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि विद्यार्थीले कुनै निवेदन वा शुल्क दिनुनपर्ने उनले बताए ।
परिषद्ले शनिबार लिएको १९औँ लाइसेन्स परीक्षामा २५.९२ प्रतिशत विद्यार्थी मात्रै पास भएका थिए । आगामी आर्थिक वर्षका लागि परिषद्ले भदौ अन्तिम साता पहिलो लाइसेन्स परीक्षा तालिका राखेको छ ।