सन्राइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
8.2K
SHARES

३० जेठ काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेषरुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सन्राइज बैंकले जेष्ठ २८ गते काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यता महिलाहरु स्तन क्यान्सरको जाचँ गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन्। यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन्। तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो ।

सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो। साथै शिविरमा आउने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथैबैंकलेमहिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र इएम् खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।