काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रण
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ३ २०७९
2.2K
SHARES
३ असार काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौंमा १७ जना कोभिड १९ संक्रमित थपिएका छन् । उपत्यकाका तीनजिल्लामध्ये आज काठमाडौंमा १३ र ललितपुरमा ४ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । आजसम्म ४० जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ ।
आज देशभर रहेका १०४ जना सक्रिय संक्रमितमध्ये १०२ जना होम आइसोलेसनमा र २ आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट