काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ५ २०७९
2.6K
SHARES

५ असार काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । महानगरले राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

आज प्रस्तुत हुने निति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते आर्थिक वर्ष २०७९-८० को बजेट आउने महानगरले जनाएको छ । महानगरको नगरसभामा अल्पमतमा रहेका स्वतन्त्र मेयर बालेन्द्र साहलाई नीति तथा कार्यक्रम पेस गर्न वडाध्यक्षहरूको साथ चाहिनेछ ।