मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च , हेर्नुहोस् सूचिसहित


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ६ २०७९
6K
SHARES

६ असार काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय निर्वाचनको दौरान भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख ९४ हजार खर्च गरेका छन् ।

खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक भइसक्नुपर्ने भएपनि विभिन्न कारणले ढिलाइ भएको भन्दै उनले माफी पनि मागेका छन् । “हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ भएको छ । जसमा मत गणनाको समयमा मात्रै एक लाख भन्दा बढी भएको थियो । मत गणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उमेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ,” उनले भनेका छन् ।

साथै उनले नागरिकको साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गर्न आफू हरसमय खटिरहने पनि बताएका छन् ।