व्यवसायी इच्छाराज तामाङलाई छुटाउँन न्यायाधीशको १० करोड डिल (अडियो)
८ असार काठमाडौं । विदास्पद व्यवसायी इच्छाराज तामाङलाई छुटाउन १० करोडको डिल भएको अडियो सार्वजनिक भए पछि अदालतमा हुँने भ्रतटाचारको फेरी पर्दाफास भएको छ ।
सिभिल बैंक तथा फाइनान्सका एवं हाउजिङका माध्यमवाट अरवौं ठगी गरेको आरोपमा थुनामा रहेका तामाङलाई छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधिश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल विच भएको सम्वादको अडियो न्यूज २४ ले प्रशारण गरेको थियो ।
अडियोमा तामाङलाई छुटाउन खर्च हुँने १० करोड मध्य आफुलाई दुई करोड आउने उल्लेख छ । न्यायाधिश कोइरालाले आफु तयार रहेको तर माथिल्लो निकायवाट पनि जानकारी आउँनु पर्ने बताएका छन । यो भनाइले अदालतमा माथी देखी तल सम्मै डेटिङको जालो रहेको संकेत पाइन्छ ।
अडियो सार्वजनिक भए पछि न्याय परिषदको बोलाइएको छ भने न्यायाधिश कोइराला लाई आज कुनै इजलाश तोकिएको छैन ।