दोर्दी खोलको आईपिओ बाँडफाँट, २ लाख बढीलाई पर्यो १० कित्ता शेयर


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ८ २०७९
3.2K
SHARES

८ असार काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको हो। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गर्दा २ लाख १ हजार ९८६ जनाले दश कित्ताका दरले आईपिओ पारेका छन् ।

कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको मध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो । बाँकी ८८२ आवेदन रद्द भएको थियो । स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरेको हो। यी नतिजाहरु मेरो शेयर एप, सिद्धार्थ क्यापिटलको वेबसाईटमा गएर आफ्नो विओआईडी नम्बर राखेर हेर्न सकिन्छ ।