टिपर र मोटरसाइकल ठोक्किँदा भक्तपुरमा दुई जनाको ज्यान गयाे


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
3.2K
SHARES

९ असार भक्तपुर । भक्तपुरको सूर्यविनायकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति २ बजेतिर सूर्यविनायक नगरपालिका-८ आदर्शचोकमा बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षका निश्चल चौगुठीको मात्रै परिचय खुलेको छ । अर्का एक जनाको परिचय खुल्न बाँकी छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।