४५ अंकले घटेको सेयरबजारमा दुई कम्पनीको सकारात्मक सर्किट


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
1.8K
SHARES

९ असार काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४५.२५ अंकले घटेर फेरि १९ सय विन्दुमुनि झरेको हो।  आज नेप्से १८४८.२८ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक पनि ओरालो लागेको छ।

२ सय ३७ कम्पनीको सेयर किनबेच भएको बजारमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।  दिनभरिमा ३३ हजार पटक भएको कारोबारमा ५० लाख कित्ता सेयर बिक्री भएको हो।

आज १२ वटै सूचक राताम्य भएका छन्। जम्मा १५ वटा कम्पनीको सेयर बढेको दिन १७८ वटा कम्पनीको घटेको छ भने दुईवटाको मूल्य उही छ।

आज दुईवटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। आँधिखोला र सीवाईसी नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। अन्य कम्पनीका लगानीकर्ता भने आज निराश हुनुपरेको छ।

आज शिवश्री हाइड्रो, लिबर्टी इनर्जी र सामलिङ पावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाउनुपरेको छ। आज कुमारी बैंकको सर्वाधिक साढे ९ करोडको सेयर खरिदबिक्री भएको छ।