पोखराको सुइखेत डुबानमा
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार ११ २०७९
3.3K
SHARES
११ असार पोखरा । वर्षातका कारण गएराति २ बजे पहिरो जाँदा पोखरा २५ स्थित सुइखेत डुबानमा परेको छ । राति नै चार सयजनाको उद्दार गरिएको छ । कास्की प्रहरी प्रमुख रमेश थापाका अनुसार १५० घरका चार सयजनालाई उद्दार गरिएको हो ।
उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । मानवीय क्षति नभए पनि बाख्रासहितको टहरो पहिरोले पुरेको छ ।
शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ । पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको थियो । यस्तै अर्मलामा पहिरोले एउटा घर बगाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट