नर्भिक अस्पतालमा बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १३ २०७९
2.7K
SHARES

१३ असार काठमाडौं । आमाशयमा चम्चा अड्किएकी एक किशोरीको थापाथलीस्थित नर्भिक अस्पतालमा इन्डोस्कोपीबाट पेटमा अड्किएको चम्चा निकालिएको छ ।

खानापछि बान्ता गर्ने क्रममा चम्चा अड्किएकी ती किशोरीको नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो ।

किशोरीको अवस्था सामान्य भएपछि सोमबार बिहान उनलाई डिस्चार्ज गरिएको डा. कुँवरले बताए ।