सभामुखद्वारा दुई विधेयक प्रमाणित
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १४ २०७९
3.5K
SHARES
१४ असार काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गर्नुभएको छ । उहाँले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गर्नुभएको हो ।
यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट