आईजीपी नियुक्तिविरुद्धको रिटमा आज चौथो सुनुवाइ हुँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
4.7K
SHARES

१९ असार काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ । यसअघि, सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको सो मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा आज चौथोपटक सुनुवाइ हुन लागेको हो ।

आईजीपी विवादबारे सुनुवाइ संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा भइसकेको छ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।