उपत्यकामा एकै दिन २ हजार बढी सवारी चालकमाथि कारबाही


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
6.8K
SHARES

२२ असार काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन २ हजार ३८१ जना सवारी चालकलाई कारबाही गरेको छ ।  उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लङ्घन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।  रेड लाइट, लेन र मदिरा सेवनको कारबाहीमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।