अर्थसचिव मरासिनी बिदामा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
2.4K
SHARES

२२ असार काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए ।

त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।