गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २२ २०७९
3.5K
SHARES
२२ असार गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेमा वुधबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको अवस्था सामान्य छ । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लीलाराज लामिछानेले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट