प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
2.6K
SHARES

२३ असार काठमाडौं ।  प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा कम्पनीका अध्यक्ष  सुभाष अमात्यज्यूको अध्यक्षतामा सम्पन्न भयो । २०७४ मंसिर २८ गते देखि जीवन बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष  सुभाष अमात्य लगायत सञ्चालक सदस्यहरुमा,  मनिराम पोखरेल, स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठ, डा. बिमला दाहाल रेग्मी, सि.ए. दिपक पाण्डे र सि.ए. शंकर गौतम रहनु भएको छ ।

उक्त विशेष साधारण सभाले मूलतः नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र यसको लागि अन्य कुनै जीवन बीमासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्ककन गर्न परामर्शदाता, मूल्याङ्ककनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवम् प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भन्ने बुँदाहरुलाई अनुमोदन गरेको छ ।

 

उक्त विशेष साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।